दुई हजार मत गणना हुँदा देउवाले पाए ९५८ मत
नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले ९५८ मत पाएका छन् ।
काठमाडौं, मंसिर २८: नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले ९५८ मत पाएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत प्राप्त गरेका छन्।
त्यस्तै, सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले ७२६ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले १७१, विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ७ मत पाएका छन्।
आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।
कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।
प्रकाशित मिति: ०६:४४ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











