सभापतिमा १५ सय मत गणना हुँदा देउवाको ७२१ मत
नेपाली कांग्रेसको सभापतिमा बिहान साढे ६ बजेसम्म १ हजार ५ सय मत गणना शेरबहादुर देउवाले अग्रता बढाउदै लगेका छन्।
काठमाडौं, मंसिर २८: नेपाली कांग्रेसको सभापतिमा बिहान साढे ६ बजेसम्म १ हजार ५ सय मत गणना शेरबहादुर देउवाले अग्रता बढाउदै लगेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देउवाले ७२१ मत प्राप्त गरेका छन्। त्यस्तै, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ५६२ मत पाएका छन्।
यसैगरी, प्रकाशमान सिंहले ११६, विमलेन्द्र निधिले ८१ र कल्याण गुरुङले ४ मत पाएका छन्।
आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।
कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।
प्रकाशित मिति: ०६:३० बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











