Kathmandu Press

सभापतिमा १ हजार मत गणना हुँदा देउवाले पाए ४७३ मत

काठमाडौं, मंसिर २८ : नेपालीको कांग्रेसको सभापतिका प्रत्यासी शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ६ बजेसम्म १ हजार...
सभापतिमा १ हजार मत गणना हुँदा देउवाले पाए ४७३ मत

काठमाडौं, मंसिर २८ : नेपालीको कांग्रेसको सभापतिका प्रत्यासी शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ६ बजेसम्म १ हजार मत गणना हुँदा देउवाले ४७३ मत पाएका छन्।

त्यस्तै, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ३७६ पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ९१, विमलेन्द्र निधिले ४९ र कल्याण गुरुङले ३ मत पाएका छन्।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।
 

प्रकाशित मिति: ०६:१६ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्