सभापतिमा देउवाले लिए अग्रता
नेपाली कांग्रेसको सभापतिका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।
काठमाडौं, मंसिर २८: नेपाली कांग्रेसको सभापतिका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २५० मत गणना हुँदा देउवाले १३२ मत पाएका छन्। त्यस्तै, अर्का उम्मेदवार डा. शेखर कोइरालाले ८१ मत पाएका छन्।
सभापतिका उम्मेदवार प्रकाशमान सिंह २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत पाएका छन्।
आज बिहान ४ बजेदेखि सभापतिको मतगणना शुरु भएको हो। कांग्रेसका ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ ले मत हालेका छन्।
प्रकाशित मिति: ०५:४२ बजे, मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











