Kathmandu Press

कांग्रेस महाधिवेशनः उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ

उम्मेदवारका प्रतिनिधि गणना स्थल राष्ट्रिय सभागृह नआउँदा मतगणनामा ढिलाइ भएकाे बताइएकाे छ। २ बजेअघि नै गणनास्थलमा सभापतिका लागि मतदान भएकाे ३ वटा मतपेटिका ल्याइसकेकाे थियाे।
कांग्रेस महाधिवेशनः उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ

काठमाडाैं, मंसिर २८ः नेपाली कांग्रेस सभापतिकाे मतगणना अझै सुरू हुन सकेकाे छ। मतदान साढे ११ बजे सकिए पनि ३ बज्न लाग्दा पनि मतगणना सुरू नभएकाे हाे।

उम्मेदवारका प्रतिनिधि गणना स्थल राष्ट्रिय सभागृह नआउँदा मतगणनामा ढिलाइ भएकाे बताइएकाे छ। २ बजेअघि नै गणनास्थलमा सभापतिका लागि मतदान भएकाे ३ वटा मतपेटिका ल्याइसकेकाे थियाे। र, २ बजे गणना सुरू गर्ने बताइएकाे थियाे।

मतगणनाकाे निगरानीका लागि गणनास्थलमा ५ वटा सिसी क्यामेरा जडान गरिएकाे छ।

 

प्रकाशित मिति: ०२:४९ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्