Kathmandu Press

मतगणना स्थलमा सिसी क्यामेरा जडान, गणना २ बजेबाट

सभापतिकाे मतगणना हुने स्थल सभागृहमा सुरक्षा व्यवस्था कडा बनाउँदै गणनाकाे निगरानीका लागि सिसी क्यामेरा जडान गरिएकाे हाे।
मतगणना स्थलमा सिसी क्यामेरा जडान, गणना २ बजेबाट

काठमाडाैं, मंसिर २८ः नेपाली कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदानकाे मतगणना स्थल राष्ट्रिय सभागृहमा सिसी क्यामेरा जडान गरिएकाे छ।

सभापतिकाे मतगणना हुने स्थल सभागृहमा सुरक्षा व्यवस्था कडा बनाउँदै गणनाकाे निगरानीका लागि ५ स्थानमा सिसी क्यामेरा जडान गरिएकाे हाे।

सभापतिकाे मतगणना २ बजे सुरू गर्ने तयारी गरिएकाे छ। सभापतिका लागि मत खसालिएकाे ३ वटा मतपेटिका गणनास्थलमा ल्याइसकिएकाे छ।

मतगणना स्थालमा उम्मेदवार र प्रतिनिधिहरूकाे बाक्लाे उपस्थिति छ। गणनास्थलमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँड र उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्कालगायत पुगेका छन्।

सोमबार बिहान ११ बजे सुरु भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सकिएको थियाे। चार हजार सात सय ४३ मतदातामध्ये चार हजार सय ७९ मत खसेको थियाे। वरिष्ठ नेता रामचन्द्र पाैडेलसहित ६४ जना मतदानमा सहभागी भएनन्।

पार्टी सभापति बन्नका लागि २ हजार ३ सय ४० मत ल्याउनु पर्ने भएकाे छ। कांग्रेसमा सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनस पर्ने प्रावधान छ। यदि कसैले ५० प्रतिशत कटाउन नसके बढी मत ल्याउने उम्मेदवारबीच पुनः मतदान हुनेछ,

प्रकाशित मिति: ०१:४७ बजे, मंगलबार, मंसिर २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्