सभापतिको मतगणना राष्ट्रिय सभागृहमा, अन्य पदको सानेपा लगिने
निर्वाचन समितिका अनुसार मतदान सकिएपछि सभापति तर्फको मतगणना राति नै राष्ट्रियसभा गृहमा सुरु गरिनेछ भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्य तर्फको मतपत्र राति नै सानेपा पठाइनेछ ।
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको नयाँ नेतृत्व सहित कार्यसमिति चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन समितिका अनुसार मतदान सकिएपछि सभापति तर्फको मतगणना राति नै राष्ट्रियसभा गृहमा सुरु गरिनेछ भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्य तर्फको मतपत्र राति नै सानेपा पठाइनेछ ।
निर्वाचन समितिका अनुसार राति मतपत्रसहितको ड्रम सानेपामा लगिने छ । सभापतिको भने त्यहीँ राष्ट्रियसभा गृहमै राति नै गणना हुने उनले बताए । समितिले रातभरमा मत गणना सम्पन्न हुने अपेक्षा राखेको छ ।
मतगणनाबाट कुनै उम्मेदवारले एकै पटकमा ५० प्रतिशतभन्दा बढी ल्याएर विजयी हासिल गरे त्यसपछि अन्य पदको मतगणना सुरु गरिनेछ । त्यसो हुन नसकेको खण्डमा दोस्रो चरणको मतदान भोलि नै सुरु गरिने तयारी छ ।
प्रकाशित मिति: २२:१८ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार