Kathmandu Press

कांग्रेस महाधिवेशन : सभापति पदमा ४२ सय मत खस्यो

साँझ साढे ८ बजेसम्म सभापतिमा ४,२०० मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले काठमाडौं प्रेसलाई बताए । सभापतिबाहेक अन्य पदमा ३५०० मत मात्र खसेको उनले जनाए । 
कांग्रेस महाधिवेशन : सभापति पदमा ४२ सय मत खस्यो

काठमाडौं, मंसिर २७ : कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानमा सभापति पदका लागि ४,२०० मत खसेको छ ।

साँझ साढे ८ बजेसम्म सभापतिमा ४,२०० मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले काठमाडौं प्रेसलाई बताए । सभापतिबाहेक अन्य पदमा ३५०० मत मात्र खसेको उनले जनाए । 

निर्वाचन समितिले ९ बजेसम्म मतदानको समय तोकेको भएपनि त्यस अवधिमा नसकिने भएपछि मतदानको समय १० बजेसम्म थपिएको श्रेष्ठले बताए ।

यद्यपी, मतदान गर्न बाँकी रहेका प्रतिनिधिहरु मतदान परिसरमा प्रवेश गरिसकेको समेत उनले जानकारी दिए ।

मतदान सकिएपछि मतगणना गर्ने भनिएतापनि हालसम्म कतिबजेबाट मतगणना शुरु गर्ने भन्ने बिषयमा निर्णय भईसकेको छैन् । 
 
प्रकाशित मिति: २०:३८ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्