Kathmandu Press

कांग्रेस महाधिवेशन मतदान अपडेट : ८ बजेसम्म ३५ सय मत खस्यो 

८ बजेसम्म ३५०९ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि ९ बजेसम्मको समय तोकिएको छ । महाधिवेशनमा ४७४३ मतदाता छन्। अझै १२ सयभन्दा धेरै मतदाताले मतदान गर्न बाँकी छ ।
कांग्रेस महाधिवेशन मतदान अपडेट : ८ बजेसम्म ३५ सय मत खस्यो 

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा हालसम्म ३५०९ मत खसेको छ । सोमबार दिउँसो साढे ११ बजे सुरु भएको मतदान ८ बजेसम्म जारी छ।

८ बजेसम्म ३५०९ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि ९ बजेसम्मको समय तोकिएको छ । महाधिवेशनमा ४७४३ मतदाता छन्। अझै १२ सयभन्दा धेरै मतदाताले मतदान गर्न बाँकी छ ।

मतदान गर्न निकै ढिलो भइरहेकाले ९ बजेसम्म मतदान सकिनेमा आशंका छ । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् ।

१३४ मध्ये २ जना निर्विरोध निर्वाचित भइसकेकाले १३२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि मतदान भइरहेको छ । मतदान सम्पन्न भए लगत्तै सभापतिको मतगणना सुरु हुनेछ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए पुनः मतदान हुनेछ ।
 
प्रकाशित मिति: २०:२१ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्