Kathmandu Press

 ‘ओमिक्रोन’ भेरियन्टबाट बेलायतमा एक जनाको ज्यान गयो

 ‘ओमिक्रोन’ भेरियन्टबाट बेलायतमा एक जनाको ज्यान गयो

काठमाडौं, मंसिर २७ : कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणबाट बेलायतमा एक जनाको मृत्यु भएको छ ।

बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको ज्यान गएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको ओमिक्रोनको सङ्क्रमणबाट ज्यान गएको यो नै पहिलो घटना हो ।

यसैबीच कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको बीबीसीले जनाएको छ । 

प्रकाशित मिति: १९:२० बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्