Kathmandu Press

शेरबहादुर देउवा पहिलो चरणमै सभापतिमा विजयी : गृहमन्त्री खाण

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका छन् ।आज...
शेरबहादुर देउवा पहिलो चरणमै सभापतिमा विजयी : गृहमन्त्री खाण

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका छन् ।

आज सोमवार भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खाणले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताएका हुन् ।

उनले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकाले केन्द्रीय सदस्यमै सीमित रहेको पनि बताए । 

उनले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताए। उहाँले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी समेत गरे । 

प्रकाशित मिति: १८:५२ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्