माओवादी केन्द्र प्रदेश १ को अधिवेशन : पदाधिकारीबिनाको २६९ सदस्यीय कमिटी
काठमाडाैं, मंसिर २७ : माओवादी केन्द्र प्रदेश १ को अधिवेशनले आज (सोमबार) पदाधिकारीबिनाको २६९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ।अध्यक्ष पदका आकांक्षी धेरैजना...
काठमाडाैं, मंसिर २७ : माओवादी केन्द्र प्रदेश १ को अधिवेशनले आज (सोमबार) पदाधिकारीबिनाको २६९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ।
अध्यक्ष पदका आकांक्षी धेरैजना भएपछि त्यसतो परिस्थिति सिर्जना भएको हो। आकांक्षीहरूले चुनावमा जाने र पार्टी नेतृत्वले सहमतिमै पदाधिकारी चयन गर्ने अडान लिएपछि पधाधिकारीबिनाको कमिटी बनाएको जनाइएको छ। उक्त प्रदेशमा मंसिर २५ मा अधिवेशन सुरु भएको हो।
माओवादी केन्द्र कमिटी निर्माण गर्दा सुरुमा सदस्यहरू चयन गरिसकेपछि तिनैमध्येबाट पदाधिकारी चयन गर्ने गरेको छ। नेतृत्वका लागि तीनजना वर्तमान अध्यक्ष सुरेशकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो र हालका सचिव हेमराज भण्डारीबीच सहमतिको प्रयास विफल भएपछि पदाधिकारी चयन नगरिएको हो।
उनीहरूले कमिटीमा चुनाव गरेर पदाधिकारी टुंगो लगाउन माग गरे पनि पार्टीकाे मूल नेतृत्वले दुई दिनपछि बैठक गर्ने र पदाधिकारी टुंग्याउने जनाएको छ।
प्रदेश १ मा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ गरी नौजना पदाधिकारी रहनेछन्।
नेतृत्व पूर्ण समावेशी र अधिकार सम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने जनाइएको छ।











