Kathmandu Press

१३ हजार २३६ नमूना परीक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु  

काठमाडौं, मंसिर २७ : पछिल्लो २४ घण्टामा मुलुकभर ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १३...
१३ हजार २३६ नमूना परीक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु  

काठमाडौं, मंसिर २७ : पछिल्लो २४ घण्टामा मुलुकभर ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १३ हजार २३६ जनाको परीक्षण गर्दा पीसीआरबाट ३१३ र एन्टीजेनबाट २८ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा २३४ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको निधन भएको मन्त्रालयले जनाएको छ। 

योसँगै मुलकभर कोरोना संक्रमितको कुल संख्या ८ लाख २४ हजार ५३५ पुगेको छ भने एन्टीजेनतर्फ  ९५ हजार ८१० पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। 

कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ५५७ जनाको मृत्यु भएको छ। 

मन्त्रालयका अनुसार देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ९७जना क्वारेन्टिनमा रहेका छन्। त्यस्तै १२६ जना आइसीयूमा उपचाररत छन् भने ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएकोा छ। 

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्