Kathmandu Press

कांग्रेस महाधिवेशन मतदान अपडेट : पाैने ६ बजेसम्म २ हजार ८ सय ९ मत खस्यो

मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ः४५ बजेसम्म २ हजार ८ सय ९ मत खसेको मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए।
कांग्रेस महाधिवेशन मतदान अपडेट : पाैने ६ बजेसम्म २ हजार ८ सय ९ मत खस्यो

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि आज भएको मतदानमा २ हजार ८०९  मत खसेको छ। कांग्रेसको मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ः४५ बजेसम्म २ हजार ८ सय ९ मत खसेको मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिए।

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान गर्ने व्यवस्था मिलाएको छ। 

मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म २ हजार मत खसेको निर्वाचन समितिले जनाएको थियाे।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ४ बजेसम्म १ हजार ४०० मत खसेको थियो । 

 कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ७०० र भृकुटीमण्डपका दुई स्थान प्रदर्शनी हल र प्राङ्गणमा  १३ सय मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

एक जना प्रतिनिधिलाई मतदान गर्न करिब एक घण्टा समय लाग्ने जनाइएको छ । 

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।  

प्रकाशित मिति: १८:०० बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्