यस्तो छ मंगलबार सुरु हुने दसौं अधिवेशनमा प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची
काठमाडौं, मंसिर २७ : संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (मंगलबार) दिउसो २ बजेका लागि संसद अधिवेशन आह्वान...
काठमाडौं, मंसिर २७ : संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (मंगलबार) दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्।
सोहीबमोजिम संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने, त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने उल्लेख छ।
लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ अध्यादेश र सामाजिक सुरक्षा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूच िछ।
सम्भावित कार्यसूचीमा भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश पेस गर्ने कार्यक्रम पनि रहेको छ।
सोमबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले पनि दुईवटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। ती अध्यादेश यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने रहेका छन्।












