Kathmandu Press

प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार हुनुभएको छ : शंकर पोखरेल

काठमाडाैं, मंसिर २७ : एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी...
प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार हुनुभएको छ : शंकर पोखरेल

काठमाडाैं, मंसिर २७ : एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत लगाएका छन्।

आज (सोमबार) अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको दाबी पनि गरे।

उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको सिकार हुन्छन् भनेर अग्रजहरू भन्ने गर्थे। त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहालको जीवनमा पनि देखियो,’ उनले भने, ‘हाम्रै आन्दोलनमा लामो समय नेता रहनुभएका माधव नेपालले पनि आफ्नो जीवनमा पनि त्यो चिज प्रकट गर्नुभयो।’ 

दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्ने कुरा अहिलेको राजनीतिको मक्सद भन्ने कुरा बुझ्नु जरुरी रहेको उनले बताए। एमालेलाई तीनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रूपमा स्थापित गर्नु जरुरी रहेको उनको भनाइ थियो।

एमालेलाई नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको उनले बताए। त्यस्तो षड्यन्त्र चिर्न जनताले साथ दिने विश्वास उनले व्यक्त गरे।

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्