नेपालगन्जमा सुक्खा बन्दरगाह निर्माणको काम धमाधम
नेपालगन्ज, मंसिर २७ : बाँकेको नेपालगन्जमा एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अहिले धमाधम सुरु भएको छ।भारत र नेपालबीच भएको सम्झौताबमोजिम नेपालगञ्ज...
नेपालगन्ज, मंसिर २७ : बाँकेको नेपालगन्जमा एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अहिले धमाधम सुरु भएको छ।
भारत र नेपालबीच भएको सम्झौताबमोजिम नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह बन्न लागेको हो। बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरेको छ।
अधिग्रहण गरिएका कूल जग्गामध्ये ६७ बिघा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने तथा बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको छ। नेपालकोतर्पmबाट सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख छ।
सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारकोतर्पmबाट हुने सम्झौता छ। सम्झौताको १० वर्षपछि नेपालकोतर्पmबाट निर्माणको काम अघि बढाइएको छ। सो निर्माण कार्य दुई वर्षभित्र सक्ने योजना रहेको छ।
भारत सरकारले आप्mनोतर्पm २०७५ पुसदेखि नै निर्माणको काम शुरु गरिसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्का होमनाथ भुसालले जानकारी दिए। बन्दरगाह निर्माणका लागि कूल रु दुई अर्ब ३५ करोड खर्च लाग्ने अनुमान गरिएको छ।
सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ। सुक्खा बन्दरगाहमा मालसामान आयात निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन्।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयातनिर्यातलाई सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।











