Kathmandu Press

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई बनायाे प्रमुख सचेतक

काठमाडौं, मंसिर २७ : भोलि (मंगलबार) देखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। त्यसको पूर्वसन्ध्यामा नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम...
एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई बनायाे प्रमुख सचेतक

काठमाडौं, मंसिर २७ : भोलि (मंगलबार) देखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ।

त्यसको पूर्वसन्ध्यामा नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ।

त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवर चुनिएका छन्।

आज (सोमबार)  बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले श्रेष्ठ र कुँवरलाई प्रमुख सचेतकमा चयन गरेको हो।

बैठकमा प्रतिनिधिसभा बैठक लगायत समसामयीक विषयमा छलफल गरेको जनाइएको छ। एकीकृत समाजवादीबाट प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ गरी ३० जना सांसद छन्।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्