कांग्रेस महाधिवेशन : अढाइ घन्टामा ६०० जनाकाे मतदान
काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यतिखेर राट्रिय सभागृह र भृकुटीमण्डपका प्रांगण र हल गरी दुई स्थानमा मतदान जारी छ। अहिलेसम्म...
काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यतिखेर राट्रिय सभागृह र भृकुटीमण्डपका प्रांगण र हल गरी दुई स्थानमा मतदान जारी छ। अहिलेसम्म करिब ६०० जनाले मतदान गरिसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
बिहान ८ बजे सुरु गर्ने भनिए पनि ४ घन्टा ढिलो गरी मध्यान्ह १२ बजेतिर सुरु भएको मतदानमा मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले मतदान गरिसकेका छन्।
उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा. रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन्।
अन्य नेता तथा प्रतिनिधि भोट हाल्न लाममा छन्। एकजनालाई मतदान गर्न आधा घन्टादेखि ५० मिनेटसम्म लाग्ने गरेको समसतले जनाएको छ।
प्रकाशित मिति: १४:४८ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











