Kathmandu Press

हृदयेश त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गर्ने

काठमाडौं, मंसिर २७ : प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन्।पूर्वमन्त्रीसमेत रहेका उनले भोलि (मंगलबार) एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा...
हृदयेश त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गर्ने

काठमाडौं, मंसिर २७ : प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन्।

पूर्वमन्त्रीसमेत रहेका उनले भोलि (मंगलबार) एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्न लागेका हुन्। पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने बताइएको छ। केन्द्रीय समिति र पदाधिकारीको नाम भने पछि टुंगो लगाउने जनाइएको छ। केपी ओली नेतृत्वको सरकारमा उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए।

मन्त्री हुनुअघि उने स्वतन्त्र विचार समूह पनि खोलेका थिए। सो समूहमा ब्रिजेश गुगता, अजय शाही, ईश्वदयाल मिश्र, पशुपति दयाल मिश्रलगायत रहेका थिए। उनीहरु पनि पार्टीमा समेटिन सक्ने जानकारी दिइएको छ।      

२०७४ सालको निर्वाचनमा उनले सूर्य चिह्नबाट स्वतन्त्र उम्मेदवारका रुपमा जित हासिल गरेका थिए। सो निर्वाचनअघि उनी राष्ट्रिय जनता पार्टी (राजपा) मा आबद्ध थिए। तर त्यसबाट अलग्गिएर उनी स्वतन्त्र रूपमा चुनाव लडेका थिए। 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्