Kathmandu Press

संसदकाे प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक : सभामुख सापकाेटा

काठमाडाैं, मंसिर २७ : भोलि (मंगलबार) देखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। त्यसका लागि आज (सोमबार) सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको...
संसदकाे प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक : सभामुख सापकाेटा

काठमाडाैं, मंसिर २७ : भोलि (मंगलबार) देखि संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। त्यसका लागि आज (सोमबार) सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेका छन्।

त्यसक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संसदकाे प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताए।

सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेको उल्लेख गर्दै उनले संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने बताए। 

सभामुख सापकोटाले विधेयक अधिवेशन भएकाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेन्डा रहेको जानकारी दिए।

उनले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत नभएको आरोप पनि लगाए। उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको दाबी गर्दै अब पनि त्यही गर्दै अघि बढ्ने बतानए।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्