Kathmandu Press

इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु 

इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु 

नाब्लस, मंसिर २७ : वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको भिडन्तका क्रममा एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन्।

जमिल अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपका क्रममा मारिएका हुन्। नाब्लस सहरको रस अल–ऐन क्षेत्रमा झडपका क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।  

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, मंसिर २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्