प्रधानमन्त्री देउवाले राष्ट्रिय सभागृह पुगेर गरे मतदान
सभापतिका उम्मेदवारमा देउवासहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँचजना छन्।
काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। शुक्रबार सुरु भएको महाधिवेशनको चाैथो दिन आज (सोमबार) नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति उम्मेदवार शेरबहादुर देउवाले पनि राष्ट्रिय सभागृहमा पुगेर भर्खरै मतदान गरेका छन्।
मतदानका लागि उनलाई झन्डै आधा घन्टा समय लागेको बताइएको छ। २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले लामो समय लागेको हो।
सभापतिका उम्मेदवारमा देउवासहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँचजना छन्।
बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारणले झन्डै ४ घन्टापछि सुरू भएकाे हाे।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: १२:५६ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











