म ग्रुपिजम् अन्त्य गर्न चाहन्छु : शशांक कोइराला
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू कुनैपनि गुटमा नरहेको बताएका छन् । मतदान शुरु हुनुपूर्व भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले..._1280x783.jpeg)
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू कुनैपनि गुटमा नरहेको बताएका छन् । मतदान शुरु हुनुपूर्व भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले आफू पार्टीभित्र ग्रुपिज्म अन्त्य गर्न चाहेको पनि बताएका छन् ।
‘म कुनै गुटमा छैन। त्यही भएर दुवैको प्यानलमा मेरो नाम छ। म ग्रुपिजम अन्त्य चाहन्छु’, कोइरालाले भने ।
जारी महाधिवेशनमा उनले खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । शुरुवातमा सभापतिका आकांक्षी रहेका शशांक आफ्नो समूहभित्र सहमति हुन नसकेपछि पछि हटेका हुन्।
उनलाई सभापति देउवाले आफ्नो पक्षबाट महामन्त्री बन्न समेत प्रस्ताव राखेका थिए । उनका दाजु शेखर कोइराला भने प्यानलसहित सभापति बन्ने दौडमा छन्।
आइतबार साढे ११ बजेपछि मात्रै भृकुटीमण्डपमा मतदान शुरु भएको छ।
प्रकाशित मिति: १२:३४ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











