आठौं लाटोकोसेरो तथा हुचिल महोत्सव शुरू
खोटाङ, माघ १८ : आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव आजदेखि खोटाङको जाल्पामा शुरू भएको छ ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएक....

खोटाङ, माघ १८ : आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव आजदेखि खोटाङको जाल्पामा शुरू भएको छ ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलस्तम्भ खोलेर महोत्सवको उद्घाटन गरे । ‘लाटोकोसेरो र हुचिल संरक्षणमा हातेमालो गरौँ’ नारा राखिएको महोत्सव प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाले आयोजना गरेको हो ।
लाटोकोसेरो र हुचिललाई ‘किसानको साथी’ भनिन्छ । प्राकृतिक सन्तुलनमा सहयोगी भूमिका खेल्ने लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पुर्याउन महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका निर्देशक राजु आचार्यले बताए ।
अवैध चोरीशिकार, वन विनाश र विषादीको प्रयोगले लाटोकोसेरो तथा हुचिल लोप हुने अवस्थामा पुगेका छन् ।
.jpg)
प्रकाशित मिति: १६:१३ बजे, शुक्रबार, माघ १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(7)-1765197040.jpg)
