Kathmandu Press

इक्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु, २५ घाइते

इक्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु, २५ घाइते

क्विटो, मंसिर २७ : इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ।

सो दुर्घटनामा अरु २५ जना घाइते भएका छन्। दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो। त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन्।

शनिबार राति सो दुर्घटना भएको थियो। दुर्घटनामा परेका घाइतेहरुलाई अस्पताल पुर्‍याएको बताइएको छ। दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, मंसिर २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्