Kathmandu Press

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

जोहानेसबर्ग, मंसिर २७ : दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ। उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन्। सो कुरा...
दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

जोहानेसबर्ग, मंसिर २७ : दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ। उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन्। सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

सिरिल रामाफोसाले उपचार गराइरहेको आइतबार राति सो कार्यालयले जनाएको छ। उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए। यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ।

तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उनी रहेको बताइएको छ। हालै मात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो। यो भाइरस संसारका धेरै देशमा पुगेको छ।

तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन। ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौं देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन्।

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, मंसिर २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्