Kathmandu Press

मतदानमा सहभागी प्रतिनिधिलाई ‘फुलबडी स्यानिटाइज’ को व्यवस्था 

काठमाडौं, मंसिर २७ : कांग्रेस महाधिवेशनको निर्वाचनमा भाग लिने प्रतिनिधिहरुलाई ‘फुलबडी स्यानिटाइज’को व्यवस्था गरिएको छ।  कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मतदान स्थलमा फुलबडी...
मतदानमा सहभागी प्रतिनिधिलाई ‘फुलबडी स्यानिटाइज’ को व्यवस्था 
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, मंसिर २७ : कांग्रेस महाधिवेशनको निर्वाचनमा भाग लिने प्रतिनिधिहरुलाई ‘फुलबडी स्यानिटाइज’को व्यवस्था गरिएको छ।  

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मतदान स्थलमा फुलबडी स्यानिटाइजको व्यवस्था गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

मतदानमा भाग लिने प्रतिनिधिहरले मतदान गर्नुअघि आफूलाई स्यानिटाइज गर्नुपर्नेछ। 

बिहान ८ बजेदेखि मतदान शुरु हुने भनिएपनि प्राविधिक कारण साढे ११ बज्नै लाग्दासम्म शुरु भएको छैन। 

प्रकाशित मिति: ११:१९ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्