Kathmandu Press

वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने 

काठमाडौं, मंसिर २७ : नेपाली काँंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी महाधिवेशनको मतदानमा भाग नलिने भएका छन्। यसअघि नै नेतृत्वको प्रतिस्पर्धाबाट अलग भएको घोषणा...
वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने 

काठमाडौं, मंसिर २७ : नेपाली काँंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी महाधिवेशनको मतदानमा भाग नलिने भएका छन्। यसअघि नै नेतृत्वको प्रतिस्पर्धाबाट अलग भएको घोषणा गरेका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन्। 

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले, पौडेलले मतदानमा भाग नलिने जानकारी दिए ।  

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी कायम छ।

संस्थापनइतर पक्षबाट साझा उम्मेदवारी चयन गर्न सहमति नजुटेपछि पौडेलले नेतृत्व चयन प्रकृयाबाटै अलग भएको घोषणा गरेका थिए । 

उनको सो घोषणापश्चात सभापति शेरबहादुर देउवा बोहराटार पुगेर छलफल समेत गरेका थिए। 

प्रकाशित मिति: १०:१५ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्