Kathmandu Press

माओवादी केन्द्र गण्डकीकी अध्यक्षमा गुरुङ

कास्की, मंसिर २७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन्।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि...
माओवादी केन्द्र गण्डकीकी अध्यक्षमा गुरुङ

कास्की, मंसिर २७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन्।

प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो। अध्यक्षमा चयन भएकी नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुन् । उनी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेकी छन्।

गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे। अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ। नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए।

माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो।

प्रकाशित मिति: १०:०५ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्