Kathmandu Press

माओवादीको उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा

काठमाडौं, मंसिर २७ : नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा चयन भएका छन्।माओवादीको पहिलो उपत्यका विशेष प्रदेश सम्मेलनले सिंखडाको...
माओवादीको उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा

काठमाडौं, मंसिर २७ : नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा चयन भएका छन्।

माओवादीको पहिलो उपत्यका विशेष प्रदेश सम्मेलनले सिंखडाको नेतृत्वमा नयाँ समिति गठन गरेको हो। सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे चयन गरेको छ।

त्यस्तै, सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन भएका छन्।

शनिबार काठमाडौंमा उदघाटन भई आइतबार रातिसम्म चलेको बन्दसत्रले सिंखडाको नेतृत्वमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको निर्वाचन समितिका प्रमुख डा. जगतकृष्ण पोखरेलले जानकारी दिए। सम्मेलनमा ६४० जना प्रतिनिधि सहभागी थिए।

 

प्रकाशित मिति: ०८:१४ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्