Kathmandu Press

एनआरएनए चुनावका लागि बन्जरा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, मंसिर २७ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावका लागि प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन्।संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न...
एनआरएनए चुनावका लागि बन्जरा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, मंसिर २७ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावका लागि प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन्।

संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित उनलाई प्रमुख निर्वाचन आयुक्त नियुक्ति गरिएको संघका अध्यक्ष कुमार पन्तले बताए।

बनेपाका बासिन्दा बन्जरा नेपाल बार एसोशिएशनका केन्द्रीय सदस्य हुन्। उनी नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन्।

यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएका थिए। उनले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएपछि बन्जरालाई नियुक्त गरिएको अध्यक्ष पन्तले बताए।

संघको अन्तर्राष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिएको थियो। त्यसकै आधारमा आफूले प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेको पन्तको भनाइ छ।

संघको निर्वाचन डिसेम्बर २६ र २७ मा अनलाइन मतदान हुने तयारी गरिएको छ। त्यसका लागि डिसेम्बर १६ र १७ मा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

प्रकाशित मिति: ०७:१७ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्