Kathmandu Press

कांग्रेस महाधिवेशन : आज नेतृत्व चयनका लागि मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्वका चयन गर्न मतदान हुँदै छ।
कांग्रेस महाधिवेशन : आज नेतृत्व चयनका लागि मतदान

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्वका चयन गर्न मतदान हुँदै छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा व्यवस्था गरिएको छ।

कांग्रेसमा १३ जना पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। जसमा प्रदेश २ बाट दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

अब १३२ पदका लागि ४८९ उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसका लागि आज मतदान हुनेछ।

कांग्रेस सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङको उम्मेदवार छन्।

त्यस्तै, दुई जना उपसभापतिका लागि विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह उम्मेदवार छन्।

दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन्। जसमा डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: ०६:५२ बजे, सोमबार, मंसिर २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्