Kathmandu Press

देश र पार्टीको भविष्य सुरक्षित गर्न देउवालाई रोजौ : आरजु

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मत मागेकी छिन्...
देश र पार्टीको भविष्य सुरक्षित गर्न देउवालाई रोजौ : आरजु

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई मत मागेकी छिन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पत्नी समेत रहेकी आरजुले सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सन्देश मार्फत महाधिवेशन प्रतिनिधिलाई स्वागत गर्दै उनले भनेकी छिन्, ‘जय नेपाल साथीहरू चौधौं महाधिवेशनमा स्वागत छ । म तपाईंहरू समक्ष देउवाजीलाई पार्टी सभापति र उहाँको प्यानललाई पदाधिकारी र केन्द्रीय सदस्यमा भोट गर्न अनुरोध गर्दछु ।’

उनले देउवा सभापति भए देशको र पार्टीको भविष्य सुरक्षित हुने भन्दै दूरदर्शी अनुभवी नेता देउवालाई छान्न आग्रह गरेकी हुन् ।

आरजुले पनि प्यानलबाट महिलातर्फ खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् । 

प्रकाशित मिति: २०:१७ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्