Kathmandu Press

शेखरको पत्रकार सम्मेलनमा शशांक गएनन्

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला अनुस्थित भएका छन्...
शेखरको पत्रकार सम्मेलनमा शशांक गएनन्

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला अनुस्थित भएका छन् । 

सभापतिमा उम्मेदवारी दिएपछि गरिएको सामूहिक पहिलो पत्रकार सम्मेलनमा शशांक अनुपस्थित रहेका हुन् । यसअघि उक्त पत्रकार सम्मेलनमा शशांक पनि सहभागी हुने भनेर चर्चा गरिएको भएपनि कार्यक्रम सक्किदासम्म पनि उनी पुगेनन् । 

यद्यपी, सभापतिका प्रत्यासी शेखरले भने सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांकको नाम उल्लेख गर्दै उहाँहरुको बिचार  र अनुभवलाई आत्मसाथ गरेर अगाडी वढ्ने बताएका थिए । 

शशांकले शेखरलाई सघाउने चर्चा चलिरहेका बेला उनी पत्रकार सम्मेलनमा नपुग्नुलाई चासोका साथ हेरिएको छ ।  

प्रकाशित मिति: १९:०२ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्