देउवा र पौडेलको अनुभव, बिचारलाई आत्मसाथ गरेर अगाडी बढ्छु : शेखर कोइराला
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुले गतिशील र ऊर्जाशील कांग्रेस बनाउने दाबी गरेका छन् ।आइतबार साँझ राजधानीमा पत्रकार...
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुले गतिशील र ऊर्जाशील कांग्रेस बनाउने दाबी गरेका छन् ।
आइतबार साँझ राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाले नयाँ विचार र कार्यशैलीबाट अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । उनले आफू नेतृत्वमा आए पार्टीका भ्रातृ र शुभेच्छुक संस्थालाई सुदृढ गरेर अघि बढ्ने बताउँदै त्यसलाई क्रियाशील र जिम्मेवार बनाएर लैजाने पनि प्रण गरे ।
नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई सम्झदै आफूहरुलाई बिजयी बनाउने भन्दै भन्दै भोट हाल्नका लागि आह्वान गरे । उनले आफ्नो टिमले जितेमा वर्तमान सभापति एवं सभापतिका उम्मेद्वार शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला लगायतका नेताहरुको अनुभव र बिचारलाई आत्मसाथ गरेर अगाडी वढ्ने प्रण समेत गरेका छन् ।
यस्तै आफू सभापतिमा बिजयी भएपश्चात तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउने समेत उनले बताए । आन्तरिक निर्वाचन भएकाले यो स्वच्छ प्रतिस्पर्धा हुने भन्दै सबै जना मिलेर सृदृढ र सफल कांग्रेस बनाउने उनको भनाइ थियो ।











