दक्षिण अफ्रिकाका अन्तिम श्वेत नेता डे क्लर्कप्रति औपचारिक श्रद्धाञ्जली
केप टाउन, मंसिर २६ : दक्षिण अफ्रिकाले आइतबार श्वेत शासन कालका अन्तिम राष्ट्रपति एफडब्ल्यू डे क्लर्कलाई आइतबार औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको छ।नेल्सन मन्डेलालाई जेलबाट...
केप टाउन, मंसिर २६ : दक्षिण अफ्रिकाले आइतबार श्वेत शासन कालका अन्तिम राष्ट्रपति एफडब्ल्यू डे क्लर्कलाई आइतबार औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेल्सन मन्डेलालाई जेलबाट मुक्त गरेर दक्षिण अफ्रिकालाई रंगभेदयुक्त शासनबाट प्रजातन्त्रका लागि योगदान गरेको मानिन्छ। डे क्लर्क क्यान्सरको समस्याले गर्दा नोभेम्बर ११ मा ८५ वर्षमा मृत्यु भएको थियो। उनको सम्मानमा चार दिनसम्म राष्ट्रिय शोकको घोषणा गरिएको छ।
उनले सन् १९८९ देखि १९९४ सम्म राष्ट्रपतिका रूपमा सेवा गरेका थिए। सन् १९९४ मा पहिलो बहुजातीय चुनावमा श्वेत–अल्पसंख्यक शासनबाट दक्षिण अफ्रिकाको परिवर्तनको नेतृत्व गरेको भनी उहाँको योगदानको स्मरण गरिएको छ।
सन् १९९० मा जेलबाट मुक्त भएका मण्डेला मन्डेलासँगै डे क्लर्कले सन् १९९३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए। सन् १९९४ को चुनावमा अफ्रिकी राष्ट्रिय कांग्रेस पार्टीले जितेपछि मन्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए।











