संसद बैठकअघि सबै सांसद र संसदका कर्मचारीको कोरोना परीक्षण हुने
काठमाडौं, मंसिर २६ : संघीय संसदको अधिवेशन शुरु हुनु अघि सबै सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।सांसदहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि...
काठमाडौं, मंसिर २६ : संघीय संसदको अधिवेशन शुरु हुनु अघि सबै सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।
सांसदहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सबै साँसदहरुको एन्टीजेन परीक्षण गर्ने जनाएको हो ।
यस्तै संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्ध्ति महाशाखाकाका कर्मचारीहरु,मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुने जनाएको छ ।
सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।
संघीय संसदको अधिवेशन मंसिर २८ गते दिनको २ बजेका लागि बोलाइएको छ ।











