Kathmandu Press

इटलीमा अपार्टमेन्ट भत्किँदा दुईको मृत्यु, सात बेपत्ता

रोम, मंसिर २६ : इटलीको सिसिली टापुमा चार तले अपार्टमेन्ट भवन भत्केर विष्फोट हुँदा दुईको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन्।शनिबार राति...
इटलीमा अपार्टमेन्ट भत्किँदा दुईको मृत्यु, सात बेपत्ता

रोम, मंसिर २६ : इटलीको सिसिली टापुमा चार तले अपार्टमेन्ट भवन भत्केर विष्फोट हुँदा दुईको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका छन्।

शनिबार राति भग्नावशेषबाट राभानुसा सहरमा दुई महिलालाई जीवितै फेला पारिएको स्थानीय नागरिक सुरक्षा सेवाले ट्विटरमा जनाएको छ।

उद्धारकर्ता र स्निफर कुकुरले अझै पनि हराइरहेका पत्ता लगाउन भग्नावशेषमा खोजी जारी राखेका छन्।

ग्यास चुहावटका कारण विष्फोट भएको हुन सक्ने अधिकारीले बताएका छन्।

प्रकाशित मिति: १८:१० बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्