Kathmandu Press

भारतीय सेनाको ‘चिफ अफ डिफेन्स स्टाफ’मा नरवणे नियुक्त

नयाँ दिल्ली, मंसिर २६ : भारतका प्रथम चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल विपीन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको...
भारतीय सेनाको ‘चिफ अफ डिफेन्स स्टाफ’मा नरवणे नियुक्त

नयाँ दिल्ली, मंसिर २६ : भारतका प्रथम चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल विपीन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन्। 

रावतको निधनपछि दोस्रो वरीयतामा रहेका एयर मार्सल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए। 

Hardik ivf

नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।

भारतीय सेनाका २७औं चिफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चिफ अफ डिफेन्स स्टाफ भएका छन्। भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आबद्ध छन्।

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्