Kathmandu Press

देउवाको टिमलाई जिताएर उच्च मनोवलका साथ निर्वाचनमा जाऔं : सिटौला 

काठमाडौ, मंसिर २६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जारी महाधिवेशनबाट शेर बहादुर देउवा नेतृत्वको टिमलाई जिताउनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता...
देउवाको टिमलाई जिताएर उच्च मनोवलका साथ निर्वाचनमा जाऔं : सिटौला 

काठमाडौ, मंसिर २६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जारी महाधिवेशनबाट शेर बहादुर देउवा नेतृत्वको टिमलाई जिताउनुपर्ने बताएका छन्। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले आगामी निर्वाचनमा कांग्रेस उच्च मनोबलका साथ जानका लागि पनि देउवाको जित आवश्यक रहेको बताएका हुन्। 

सिटौलाले शेरबहादुर देउवा नेतृत्वको सरकार निर्वाचनसम्म रहने भन्दै उनको सभापतिमा जितेका प्रधानमन्त्रीसहित कांग्रेस निर्वाचनमा जानुपर्नेमा जोड दिएका हुन् ।

उनले कांग्रेसको विधानमा नै दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था रहेका कारण देउवालाई पुनः एकपटक सभापतिमा जिताउन अत्यावश्यक रहेको बताएका छन्। 

देउवाको टिममा परिपक्व नेताहरु सहित युवा नेताहरुको पनि वाहुल्यता भएका कारण विश्वास गर्न सकिने आधारहरु प्रशस्त रहेको बताएका छन् । 

जारी महाधिवेशनमा नेता सिटौलाले देउवालाई समर्थन गरेका छन् । 
 

प्रकाशित मिति: १७:३० बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्