Kathmandu Press

पदाधिकारीमा पराजित घनश्याम भुसाल र भीम आचार्य पोलिटब्यूरोमा समेटिए 

काठमाडौं, मंसिर २६ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पराजित भएका दुई नेता पोलिटब्यूरोमा समेटिएका छन्। दसौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका घनश्याम भुसाल...
पदाधिकारीमा पराजित घनश्याम भुसाल र भीम आचार्य पोलिटब्यूरोमा समेटिए 

काठमाडौं, मंसिर २६ : नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा पराजित भएका दुई नेता पोलिटब्यूरोमा समेटिएका छन्। 

दसौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका घनश्याम भुसाल र सचिव पदमा पराजित भएका भीम आचार्य पोलिटब्यूरो सदस्य चयन भएका हुन्। 

चितवनमा सम्पन्न महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भुसालले ७२५ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै सचिवमा उम्मेदवारी दिएका भीम आचार्यले १३ सय मत प्राप्त गरेका थिए। 

पदाधिकारीमा पराजित भएका दुई नेताहरुलाई आज बसेको केन्द्रीय कमिटीको पूर्ण बैठकले पोलिटब्यूरो सदस्यमा चयन गरेको हो। ९९ सदस्यीय पोलिटब्यूरोमा घनश्याम भुसाल, गुरु बराल, देबराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, एमलाल कँडेल, अग्नि खरेल, प्रशु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरख बोगटी, राजेन्द्र गौतम, रामनाथ थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्बाहाम्फे, हिक्मत कार्की, गोकुल बास्कोटा, महेश बस्नेत रहेका छन्। 

त्यस्तै अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लिला गिरी, जगत विश्वकर्मा, बालकृष्ण ढुंगेल, जितबहादुर गौतम, ईश्वरी रिजाल, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, बैजनाथ चौधरी, गोकुल घर्ती, दलबहादुर राना, डकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावत, नारदमुनि राना, लिलाबहादुर थापा मगर, सुजिता शाक्य, ज्वाला कुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्युत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधीराम न्यौपाने, देवेन्द्र दाहाल र रामेश्वर फुँयाल रहेका छन् । 


त्यसैगरी, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरु पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सिता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, सुर्य थापा, मनकुमारी जिशी, सुशिला नेपाल र पार्वत गुरुङ रहेका छन् ।  
 

प्रकाशित मिति: १६:५४ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्