कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सभापतिका लागि पाँच उम्मेदवार (सूचीसहित)
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको...
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।
समितिले उम्मेदवारी फिर्ता लिन साढे १२ बजेसम्मको तोकेको थियो। सो अवधि पार भएपछि अन्तिम नामावली तयार पारेर राष्ट्रिय सभागृहमा टाँसिएको हो।
प्रकाशित नामावलीअनुसार सभापतिका लागि ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जना उम्मेदवार टुंगो लागेको छ।
नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए।
पदाधिकारीमा उम्मेदवारी दिएका दुई र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले नाम फिर्ता लिए।
हेर्नुहाेस् सूची
प्रकाशित मिति: १५:३० बजे, आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











