Kathmandu Press

सातै प्रदेशमा एमालेले तोक्यो अध्यक्ष, कोको परे ? 

काठमाडौं, मंसिर २५ : नेकपा एमालेले सातवटै प्रदेशमा नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सात वटै प्रदेशको...
सातै प्रदेशमा एमालेले तोक्यो अध्यक्ष, कोको परे ? 

काठमाडौं, मंसिर २५ : नेकपा एमालेले सातवटै प्रदेशमा नेतृत्वको टुंगो लगाएको छ । 

आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सात वटै प्रदेशको अध्यक्ष मनोनयनको प्रस्ताव गरेका हुन्। 

जसअनुसार  प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ।

उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्