Kathmandu Press

मलाई जिताउनुस्, मैले हारे सरकार अप्ठ्यारोमा पर्छ : देउवा

काठमाडौं, मंसिर २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अन्तिमपल्ट सभापति लडेको र आफूले हारे सरकार अप्ठ्यारोमा पर्ने भन्दै सभापतिमा जिताउन पनि आग्रह गरेका...
मलाई जिताउनुस्, मैले हारे सरकार अप्ठ्यारोमा पर्छ : देउवा

काठमाडौं, मंसिर २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अन्तिमपल्ट सभापति लडेको र आफूले हारे सरकार अप्ठ्यारोमा पर्ने भन्दै सभापतिमा जिताउन पनि आग्रह गरेका छन्। 

आइतबार काठमाडौंमा आयोजित महाधिवेशन प्रतिनिधिहरूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापतिमा आफूले हारेको अवस्थामा ‘हार्नेले के देश चलाउँछ?’ भनेर नैतिकताको प्रश्न उठाएर होहल्ला गर्ने अवस्था आउने बताए। आफू कांग्रेस सभापतिमा विजयी भए मात्र वर्तमान सरकार आगामी निर्वाचन टिक्ने उनकाे भनाइ थियाे। 

‘पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु आवश्यक छ। पार्टी सभापति जितेन भने नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ,’ उनले भने।

यतिखेर देशको परिस्थिति जटिल रहेका कारण आफूले सभापति जित्नु आवश्यक रहेको उनको भनाइ थियो। ‘मैले पार्टी सभापति जित्नु आवश्यक छ। नत्र भोलिपल्टै शेरबहादुर त हार्‍यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन्।’

आफू प्रधानमन्त्रीबाट हट्नुपर्‍यो भने देशमा झनै जटिल अवस्था आउने संकेत उनले गरे। देशलाई बबाृदीबाट बचाउन र पार्टीलाई अझ शक्तिशाली बनाएर लानआफ्नो जित आवश्यक रहेको उनको आशय थियो। प्रधानमन्त्री देउवाले देशमा लोकतन्त्र भए मात्रै आफ्ना अधिकारका लागि लड्न सकिने पनि बताए।

देउवाले आफूलाई महाधिवेशनमा जिताए कांग्रेसलाई कुनै व्यक्तिको नभई सबैको पार्टी बनाउने प्रतिबद्धता पनि जनाए।

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्