Kathmandu Press

दुर्गा प्रसाईलाई एमाले केन्द्रीय कमिटीमा मनोनयन गर्ने ओलीको प्रस्ताव 

काठमाडौं, मंसिर २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईँलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रस्ताव अघि सारेका छन्। आइतबार जारी केन्द्रीय कमिटी...
दुर्गा प्रसाईलाई एमाले केन्द्रीय कमिटीमा मनोनयन गर्ने ओलीको प्रस्ताव 

काठमाडौं, मंसिर २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईँलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रस्ताव अघि सारेका छन्। 

आइतबार जारी केन्द्रीय कमिटी बैठकमा ओलीले प्रसाईसहित अन्य २५ जनाको नाम केन्द्रीय कमिटीमा मनोनयन गर्न ओलीले प्रस्ताव गरेका हुन्। 

प्रसाईँसँगै ऐन महर, विशाल भट्टराई ऐन महर, चन्द्रमोहन गौतम, रमेश पौडेल, पदम गिरी लगायतका २५ बढी नाम ओलीले प्रस्ताव गरेका छन्।

ओलीको प्रस्तावमा केन्द्रीय कमिटीमा शीर्ष नेताहरुले आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्। 

एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्