Kathmandu Press

सुरेन्द्र चौधरीद्वारा सहमहामन्त्रीको उम्मेदवारी फिर्ता

काठमाडाैं, मंसिर २६ : नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले थारु कोटाबाट सहमहामन्त्रीमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।उनले निर्वाचन समितिको कार्यालय पुगेर आइतबार आफ्नो...
सुरेन्द्र चौधरीद्वारा सहमहामन्त्रीको उम्मेदवारी फिर्ता

काठमाडाैं, मंसिर २६ : नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले थारु कोटाबाट सहमहामन्त्रीमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

उनले निर्वाचन समितिको कार्यालय पुगेर आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन साढे १२ बजेसम्म तोकेको थियो।

अब थारुतर्फको सहमहामन्त्री पदमा शेरबहादुर देउवा पक्षका उमाकान्त र शेखर काेइराला पक्षका तेजुलाल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ। 

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्