युवराज न्यौपानेले लिए सभापितकाे उम्मेदवारी फिर्ता
काठमाडाैं, मंसिर २६ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेदवारी मनोनयन गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।आइतबार मध्यान्ह निर्वाचन कार्यालयमा...
काठमाडाैं, मंसिर २६ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदमा उम्मेदवारी मनोनयन गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
आइतबार मध्यान्ह निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उम्मेदवारी फिर्ता लिएर सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको टिमलाई सघाउने पनि बताए। उनले शेखर टिम प्रगतिशील भएको दाबी पनि गरे।
निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन साढे १२ बजेसम्म तोकेको थियो। सो समयभित्र न्यौपानेको उम्मेदवारी फिर्ता भएकाले अब पाँचजनाबीच सभापतिका लागि प्रतिस्पर्धा हुने भएको छ।
शनिबार कांग्रेस सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। अब सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङका बीच चुनावी भिडन्त हुनेछ।











