Kathmandu Press

क्युबामा डुंगा डुब्दा दुईजनाको मृत्यु

हवाना, मंसिर २६ : तेइस जना आप्रवासी बोकेको एउटा स्पिडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ।यात्रुको अत्यधिक...
क्युबामा डुंगा डुब्दा दुईजनाको मृत्यु

हवाना, मंसिर २६ : तेइस जना आप्रवासी बोकेको एउटा स्पिडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ।

यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त दुर्घटना भएको  जनाइएको छ। उक्त दुर्घटनामा दुई पुरुषको शव फेला परेको छ भने दुई नाबालिग, सात महिला र अन्य १२ जना पुरुषको उद्धार गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

हवानासँग सीमा जोडिएको प्रान्त मायाबकको सान्ता क्रुज डेल नोर्टे सहर नजिकै उक्त दुर्घटना भएको हो। गत मे महिनामा पनि संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको किनारमा पुग्ने प्रयास गर्दा समुद्रमा दुई क्युबाली आप्रवासीको मृत्यु भएको र अन्य १० जना बेपत्ता भएका थिए।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, मंसिर २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्