Kathmandu Press

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

वासिङटन, मंसिर २६ : अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन्। उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन्। 

राष्ट्रपतिको  उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ।  

शुक्रबार दक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति पनि भएको छ।

प्रकाशित मिति: १२:२३ बजे, आइतबार, मंसिर २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्